गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५ पुग्यो, कास्कीमा थप २ जनालाई संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ ।

तनहुँका ३ जनाको ज्यान गएको छ । जिल्लाको भीमाद नगरपालिका ६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते ज्यान गएको हो । त्यस्तै सोही स्थानका ७५ वर्षीय पुरुषको बि एण्ड बी हस्पिटल काठमाडौंका असोज २४ तथा ९८ वर्षीय पुरुषको मेडिसिटी अस्पताल काठमाडौंमा असोज २५ गते कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

आज बिहान पनि स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीय महिलाको ज्यान गएको छ । उनको आज बिहान ९ बजेर ३४ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५ पुगेको छ ।

कास्कीमा थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको पोखरा महानगरपालिकाकी ४१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । उनी पोखराको कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।

यस्तै माछापुच्छे« गाउँपालिकाका १ जनालाई कोरोना संक्रमणन पुष्टि भएको छ । उनी सोही गाउँपालिका अन्तरगत वडा नम्बर २ की ५२ वर्षीय महिला हुन् । संक्रमित दुवै जना महिला पोखरामा रहेको फेवासिटी अस्पतालमा उपचारका लागि पुगेका थिए ।

आज बिहान पनि पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको थियो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १२ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ३१ पुगेको छ ।

कमेन्टहरु
Loading...