पोखरा । कास्कीको मादी गाउँपालिका ६ का विशाल पौडेलको उपचारका लागि सहयोग आउने क्रम जारी छ । पौडेललाई गत साउ २८ गते विषालु कालो करेत सर्पले टोकेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
उनको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लामो समयसम्म उपचार भइरहेकोमा थप उपचारका लागि काठमाडौं लैजानुपर्ने चिकित्सकले बताएका थिए । उपचारका लागि काठमाडौं लैजानुपर्ने भएपछि आर्थिक अभावमा सहयोगका लागि अपील गरिएको थियो ।
सोही स्थान घर भई हाल पोखरा १३ बस्दै आएका दीपक परियारका अनुसार हाल पौडेलको उपचारका लागि सहयोग उठ्ने क्रम जारी छ । परियारले आफ्नै पहलमा विभिन्न व्यक्ति, संघसंस्था तथा विदेशमा रहेका नेपालीहरुबाट ४६ हजार ३ सय ५७ रकम संकलन भएको छ ।
परियारका अनुसार पोखरा ३३ का जीवन खातीले ५ हजार, पोखरा १३ का इन्द्रबहादुर परियारले ५ सय, सोही वडाकी हेमा परियारले ५ सय, पोखरा १६ दिपकी हुमकुमारी परियारले ५ हजार ५ सय, आँटीघरका मोहन परियारले ५ सय ५, लामाचौर पोखराका दिनेश परियारले ५ सय ५, स्याङ्जा घर भइ हाल दुबईमा रहेका रवि परियारले १ हजार ५, बालुटेचौरका राजेश परियारले ५ सय ५, बाटुलेचौरकै लालकाजी परियारले ५ सय ५ रुपैयाँ नगद सहयोग प्रदान गरेका छन् ।
त्यस्तै स्याङ्जाका मीनप्रसाद परियारले २ सय, अर्मलाका केशवबहादुर परियारले १ हजार १०, पोखरा १३ की मनसुबा परियारले ५ सय ५, हङकङमा बस्दै आएकी कृष्णकुमारी परियारले ५ हजार ५, पोखरा १३ की बसन्ती परियारले ५ सय ५, यामबहादुर नेपालीले ५ सय ५, रजनी परियारले १ हजार ५, गमबहादुर विकले ५ सय ५, होमबहादुर विकले ५ सय, पूर्ण बहादुर विकले १ सय २०, यमनसिंह विकले ५ सय ५, लाहुरे दाइले १ सय, राजकुमार विकले १ हजार ५०, भक्तबहादुर विकले ५ सय ५ सहयोग प्रदान गरेका छन् । त्यस्तै अन्य सहयोगीहरुमा पोखरा १३ की टांकुली विक ५ सय, अर्मलाका सुकबहादुर परियारले ५ सय ५ रहेका छन् ।
पौडेलको उपचारका लागि पोखरा १३ मा रहेको एलके कंक्रिट ब्लक उद्योगले पनि सहयोग गरेको छ । उद्योगले पौडेको उपचारका लागि १ हजार ५० रुपैयाँ सहयोग गरेको हो । त्यस्तै सोही वडाका सन्तोष परियारले ५ सय ५, कमला नेपालीले ५ सय, अमृता क्षेत्रीले ५ सय, पोखरा १६ का गुमनसिंङ परियारले ५ सय ५, हाल दुबईमा रहेका रीता तथा सुक रियारले २ हजार ५ सय ५० रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
त्यस्तै पोखरा १६ का शिशिर परियारले १ हजार, पोखरा १३ का रामबहादुर विकले १ हजार, केशवर छलिमाया परियारले ५ सय, पोखरा १३ का बिनोद सेवाले १ हजार, पोखरा १६ का रमेश परियारले ५ सय ५०, पोखरा १६ का जितबहादर परियारले ५ सय, कल्पना परियारले ५ सय सहयोग गरेका छन् ।
त्यस्तै सहयोग गर्ने अन्य व्यक्तिमा अमेरिकामा रहेका यामबहादुर परियारले ५ हजार ७ सय ३२, गोन्विद विक ३ हजार ५ सय रहेका छन् ।