पोखरामा कोरोनावाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

लमुजङ्ग बेशिसहर घर भएका ५६ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

असोज १८ गते कोरोना संक्रमण भै अस्पताल भर्ना भएका उनको मंगलबार दिउँसो ४:२३ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पोखरामा कोरोनाबाट मृत्यु हुने उनी १२ औं संक्रमित हुन् ।

कमेन्टहरु
Loading...