रोटर्याक्ट पोखराद्धारा सार्वजनिक बस चालक र सहचालकलाई फेस सिल्ड वितरण

पोखरा । रोटर्याक्ट क्लव अफ पोखराले पोखरामा संचालित सार्वजनिक बसका चालक र सहचालकलाई एक सय थान फेस सिल्ड र मास्क वितरण गरेको छ ।

पोखरा बगर स्थित बस काउन्टरमा कोरोना महामारीको जोखिमबाट बच्नका लागी फेस सिल्ड र मास्क वितरण गरिएको क्लबका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।

उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ पोखराका अध्यक्ष जितेन्द्र सिग्देलले चालक र सहचालकको मात्रै नभइ यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै क्लवले स्वास्थ्य सुरक्षा सामाग्री विरतण गरेको उल्लेख गर्दै रोटरीर  रोट¥याक्टले यसरी नै सामाजिक कार्यमा सक्रिय भुमिका निभाउनु पर्ने धारणा राखे ।

रोट¥याक्ट क्लव अफ पोखराले कोरोना महामारी कै समयमा क्वारेन्टाइनमा आवश्यक डसना वितरण गरेको थियो । भने सडकमा रहेका व्यक्तिहरुलाई खाना खुवाउने अभियानका समेत जोडिएको छ ।

कमेन्टहरु
Loading...