पोखरा । पोखरामा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षाण्का क्रममा पोखराका थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरामा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । त्यस्तै वडा नम्बर ५ का ५२ वर्षीय तथा वडा नम्बर ७ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ नम्बर वडाका पुरुष पेसाले पत्रकार हुन् ।
पोखरा ९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २४ र २७ वर्षीय महिला हुन् । वडा नम्बर १० का समेत २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ४३ र ७० वर्षीय महिला हुन् । सो वडाकी ७० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी छिन् ।
त्यस्तै वडा नम्बर ११ का ३० वर्षीय तथा १३ का ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २७ वर्षीय महिला तथा ४० वर्षीय पुरुष हुन् ।
पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १७ र ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर २४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ४६ वर्षीय पुरुष हुन् ।
पोखरा २५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला हुन् ।
पोखरा ३० का ३३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बिहान समेत पोखरामा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित आँबुखैरेनी ३ का १२ वर्षीय बालक तथा बन्दीपुर १ की ५७ वर्षीय महिला हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार २४ पुगेको छ ।