पोखरामा लागुऔषध सहित ३ जना पक्राउ

पोखरा । पोखराबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण शाखा कार्यालय पोखराको प्रहरी टोलीले पोखराको लेकसाइडबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लमजुङको बेसीसहर नगरपालिका ८ सेराफाँट घर भएका ३८ वर्षीय नवराज थापा, पोखरा ६ लेकसाइडका २८ वर्षीय लक्षमण आचार्य तथा सोही स्थानका ३४ वर्षीय सबिन पहारी रहेका छन् ।

प्रहरीको टोलीले उनीहरुको साथबाट बुप्रिनर्फिन इन्जेक्सन ५५ एम्पुल, फेनेरागन ५५ एम्पुल, डाइजापाम ५५ एम्पुल गरेर १ सय ६५ एम्पुल तथा नाइट्रोभ्याट १ सय २० चक्की बरामद गरेको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

कमेन्टहरु
Loading...