मणिपाल, गण्डकी मेडिकल कलेज तथा चरक अस्पतालमा उपचाररत बिरामी सहित पोखरामा थप १८ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा १८ सहित गण्डकी प्रदेशमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा १ जनालाई कोरोना पुष्टि भएको छ । संक्रमित २६ वर्षीय पुरुष हुन् । उनी सोही अस्पतालमा उपचारका लागि पुगेका थिए ।

चरक अस्पतालमा १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी २६ वर्षीय पुरुष हुन् । संक्रमित पुरुष उपचारका लागि उक्त अस्पतालमा पुगेका थिए ।

गण्डकी मेडिकल कलेजमा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १ महिला तथा ४ जना पुरुष रहेका छन् । सो अस्पतालमा उपचारका लागि पुगेका २३ वर्षीय १ जना महिला सहित ३२, ३६, ४८ र ७० वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकाका ५ वर्षीय १ बालकलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै पोखरा १ की २८ वर्षीय १ जना महिला, २ का २७ तथा ३ का ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये २ महिला ताथ १ जना पुरुष रहेका छन् । संक्रमितहरु ३२ र ५२ वर्षीय २ जना पुरुष तथा ५५ वर्षीय १ जना महिला रहेका छन् ।

पोखरा १० का ३५ वर्षीय, ११ का ४३ वर्षीय, २५ का ४६ वर्षीय तथा ३१ का ३९ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका एकैपटक १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको चापाकोट नगरपालिकाका हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यता लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका ३९ तथा मध्यनेपालका २५ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ पुगेको छ ।

कमेन्टहरु
Loading...