फेवातालमा १ व्यक्ति डुबेको आशंकामा खोजी सुरु

पोखरा । पोखराको फेवातालमा १ जना व्यक्ति डुबेको आशंकामा खोजी सुरु भएको छ । प्रहरी प्रवक्ता सुवास हमालका अनुसार प्रहरीलाई बुलौदी नजिकै १ जना व्यक्ति डुबेको अपुष्ट खबर आएपछि प्रहरीको १ टोलीले खोजी कार्य सुरु गरेको हो ।

उनी को हुन्, महिला वा पुरुष केही जानकारीमा आएको छैन । ‘हाम्रो टोली पनि आशंकाका आधारमा खोजीका लागि गएको छ ।’ उनले गन्थनसंग भने, ‘अपुष्ट खबर आएको हो, थप विवरण आउन बाँकी छ ।’ उनी आफैं हाम फालेका हुन् या डुबेका हुन् भन्ने जानकारी नभएको प्रवक्ता हमालले बताएका छन् ।

कमेन्टहरु
Loading...