उडिरहेको दुई विमान ठोकिदा पाँच जनाको मृत्यु

काठमाडौं । फ्रान्समा उडिरहेका दुई सानो आकारका विमान आकाशमा ठोक्किएर दुर्घटना भएको छ। फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोकिँदा दुवै विमानमा रहेका गरी कुल पाँचजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

 

दुर्घटना लगत्तै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए । ठोक्किएर दुई विमान भूइँमा खस्दा भने जमिनमा रहेका कोहीलाई क्षति भएन ।

 

टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठोक्किएका हुन् । दुर्घटनाको अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...