४७ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना संक्रमणका कारण शनिवार मृत्यु भएको छ ।

भरतपुर घर भएका ४७ वर्षीय पुरुष ज्वरो खोकी , स्वासप्रश्वासमा समस्या भई असोज २३ गते अस्तपाल भर्ना भएका थिए ।

अस्पतालका अनुसार उनमा असोज २३ गते नै कोरोना पुष्टि भएको थियो । उनको कोभिड निमोनियका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

कमेन्टहरु
Loading...