बलात्कार र हिंसाविरुद्ध पोखरामा प्रर्दशन

पोखरा । देशको विभिन्न स्थानमा बलात्कार र हिंसा विरुद्धको प्रर्दशन चलिरहेको बेला पोखरामा पनि प्रर्दशन भएको छ ।

शनिबार पोखराको मानवअधिकार चोकमा बलात्कार र हिंसा विरुद्ध शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको हो ।

निर्मला पन्त लगायत सबै पीडितलाई न्याय दिन माग गर्दै बलात्कार विरुद्ध पोखरेली युवाहरू प्रर्दशन गरेका हुन् ।

अपराधीलाई तुरुन्तै कानुनको कठघरा  मा ल्याउन राज्य समक्ष दवाब दिदै विरोध प्रर्दशन गरिएको छ ।

पछिल्लोपटक आइरहेको बलात्कारका घटना र छानबिनमा भएको सरकारको खेलाची व्यवहारले बलात्कारीलाई हौसला प्रदान गरेको भन्दै निष्पक्ष छानबिन गर्न उनीहरुको माग छ ।

प्रर्दशनमा सहभागी स्मृति बरालले बलात्कार विरुद्ध सरकारले बनाएको कानुन कडा रुपमा कार्यन्वयन हुनुपर्ने माग राखिन ।

उनले बलात्कारी  मानसिकता समाजबाट समेत विकसित भएको हुनाले आफुहरुपनि सच्चिनुपर्ने बताइन ।

‘सरकार र कानुन मात्र हैन , हाम्रो समाजले महिलालाई सम्मानको नजरले हेर्नुपर्छ’, उनले भनिन ।

 

‘नेपालमा महिलाको लागि कानुन नभएको हैन छ तर सहि कार्यन्वयन हुनुपर्यो कानुनका किताब पढ्दा वाह ! अन्याय पर्दा कानुन नै छैन ।’
कानुनका पानामा लेखिएका कानुनलाई व्यवहारमा उतार्नुपर्ने उनको जोड छ ।

त्यस्तै कार्यक्रममा सहभागी इन्दु शर्माले बलात्कारीलाई लागि कडा कानुनको माग गरिन ।

‘देशको राष्ट्रपति महिला छिन् । राष्ट्रपति अभिभावक हो । आमा अभिभावक भएको देशमा उनकी चेली बलात्कृत हुदा उहाँ किन मौन हुनुहुन्छ ।’,उनले आक्रोश पोखिन ।

‘यसरी सडकमा आएर अहिले केही नहोला तर यो प्रर्दशन छोरीचेलिहरुले आमाको उत्तर पाउन र उहालाई घचघचाउन गरेका छौ ।’, उनले भनिन ।

महिला हिंसा विरुद्धको प्रर्दशनमा पोखरा सहित दाङ,इटहरी,प्युठान,रोल्पा,सुर्खेत लगायतका स्थानमा आज शनिबार एकै समयमा युवाहरूले शान्तिपूर्ण प्रर्दशन गरेका थिए ।

 

कमेन्टहरु
Loading...