पोखरा । कास्की जिल्लाका १ दर्जन बढी स्थानमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ । अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका केही ठाउँमा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले सुचना जारि गरेको छ ।
मोदी लेखनाथ १ सय ३२ केभी प्रसारण लाइन विस्तारका लागि अन्नपूर्ण गाउँपालिकाको लुम्ले, सल्यान, नयाँपुल, लुवेरा, विरेठाँटी, चन्द्रकोट, ह्वाडी र माछापुच्छ्रे गउँपालिकाको हेम्जाकोट, अस्पताम, धिताल, खोराकोमुख, ल्वाङ, घलेल, सिदिङ लगायत ठाउँमा विद्युत अवरुद्ध हुनेछ ।
यी ठाउँमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म आपूर्तिमा समस्या हुने कार्यालयले जनाएको छ । त्यस्तै, सिटी फिडर अन्तर्गत रानीपौवा, माटेपानी र भेटनरी हस्पिटल अगाडि बिहान ८ बजेदेखि ११ बजेसम्म आपूर्ति बन्द रहने छ ।