स्पेनमा संक्रमितको संख्या बढेपछि आपतकाल घोषणा

 

काठमाडौं । स्पेन सरकारले मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागु गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो ।

 

अदालतले हप्ता दिनअघि लागु भएको आंशिक लकडाउन हटाएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो । मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन गर्नेछ।

 

 

मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न चाहेको छैन । तर अब केन्द्र सरकारले आपतकालीन अवस्था लागु गरेको हो। तर मड्रिडका अधिकारीले भने आपतकाल लागु गर्नु न्यायपूर्ण नरहेको बताएका छन् ।

 

महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ।

कमेन्टहरु
Loading...