गन्थन डेस्क
युनाइटेड क्लब पोखराको नयाँ कार्यसमिति अध्यक्षमा राजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
क्लबको शुक्रबार आयोजित १५ औं साधारणसभा तथा पाँचौ अधिवेशनले कार्यसमितिको नेतृत्वमा श्रेष्ठलाई चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा र द्वितीय उपाध्यक्षमा गणेश तिमिल्सिनालाई चयन गरिएको छ ।
समितिको महासचिवमा सन्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ, सचिवमा दिनेश सुनार र सहकोषाध्यक्षमा पूर्णकला बाँस्तोला पोखरेललाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सदस्यमा सिमा गुरुङ, सन्तोष कार्की, दिवानी सुवेदी, विष्णु गुरुङ, पुर्ण श्रेष्ठ, चन्द्रा पराजुली, शिव थापा र जयराम आचार्यलाई चयन गरिएको क्लबका पूर्वअध्यक्ष एवं निर्वाचन कमिटी संयोजक हिमालय बख्रेलले जानकारी दिए ।
सामाजिक हितलाई प्राथमिकता दिँदै आएको क्लबले पोखरा महोत्वसव, चिडियाखाना निर्माणलगायतका काममा अग्रसरता देखाउँदै आएको छ ।