पोखरा । पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप २४ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पोखरा ५ का ३२ वर्षीय, पोखरा ८ का ५५ र वडा नम्बर ९ का ४४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २७ का १ जना ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २९ का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २५, ४३, ४६ र ६० वर्षीय ४ जना पुरुष रहेका छन् । पोखरा ३० का ३८ तथा ३१ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३१ का ६० वर्षीय पुरुष अमेरिकाबाट आएका हुन् । पोखरा ३२ का १६ र ३८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उक्त वडाका १६ वर्षीय पुरुष भारतबाट आएका हुन् ।
त्यस्तै गण्डकी मेडिकल कलेज (जिएमसी) का ४२ तथा ८१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
चरक हस्पिटलका ५ पुरुष तथा ४ महिलालाई संक्रमण पुष्टि भएको छ । ४७, ६०, ६६, ७८ र ८५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । सोही हस्पिटलका त्यस्तै २५, ४९, ५५ र ६० वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
यता पद्म नर्सिङ हस्पिटलका ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष सोही अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् ।
लमजुङका ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ३ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ३१ र ३९ वर्षीय २ जना पुरुष तथा ५३ वर्षीय १ जना महिला रहेकी छिन् ।
उनीहरु नगरपालिकाको कति नम्बर वडाको हो भन्ने खुलेको छैन । संक्रमितमध्ये २ जना पुरुष भारतबाट आएका हुन् ।
तनहुँमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको ब्यास नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत वडा नम्बर २ का ४२ र ५९ वर्षीयलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर ३ का ३४ र ३२ वर्षीय पुरुष तथा २४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
नवलपरासी (ब.सु.पू) मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कावासोती २ का ४५ तथा ८ का ५१ वर्षीय पुरुष रहेका छन् ।
गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ८ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५ सय ३३ पुगेको छ ।