कर्मचारीलाई कोरोना देखिएपछि कर्मचारी सञ्चयकोषद्वारा सेवा बन्द

काठमाडौं । कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पछि कर्मचारी सञ्चय कोषले आजदेखि उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको छ ।

सेवा बन्द भए पनि कोषले अनलाइन विशेष सापटी सेवा अनलाइनबाटै गर्न सकिने भन्दै यो सेवा यथावत् राख्ने जानकारी दिएको छ । कोषले उपत्यकाभित्र सिंहदरबार सेवा केन्द्र सहित लगनखेल कार्यालय, पुल्चोक तथा ठमेलबाट सेवा प्रदान गर्दैं आइरहेको छ ।

त्यस्तै उपत्यका बाहिर पोखरा सहित सुर्खेत, धनगढी, विराटनगर, जनकपुर, हैटौंडा, घनकुटा तथा बुटवलबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...