काठमाडौं । विभिन्न बुँदाका माग राखेर १९ औं पटक अनसन सुरु गरेका डा.गोविन्द केसी तथा सरकार पक्षबीच आज पनि वार्ता हुँदै छ । बिहीबार समेत भएको वार्तामा डा.केसीले राखेका मागहरुका विषमा छलफल भएको बताइएको छ ।
सिहंदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार लामो समयसम्म भएको वार्तामा दुवै पक्षले पहिलो मस्यौदा तयार पारेको भए पनि अन्तिम निष्कर्षमा पुग्न सकेन । वार्तालाई बिहीबार नै निष्कर्षमा पु¥याउने लक्ष्य भए पनि आ–आफ्नो पक्षले केही विषयमा छलफल गर्नुपर्ने बताएपछि आज पनि वार्ता हुने भएको हो ।
चौतर्फी दवाव पछि डा केसीसंग वार्ताका लागि सरकारले समिति गठन गरेको थियो ।