पोखरा । पोखराका विभिन्न स्थानमा बिहीबार, शुक्रबार तथा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । ३ दिन बिहान १० बजेबाट साँझ ५ बजेसम्म केआइसिङ पुल, दिप तथा दिप हाउजिङ एरियामा विद्युत अवरुद्ध हुने भएको छ । तातोपानी अन्तरगत केआइसिङ पुलदेखि सुन्दरफिडसम्मको मुख्यबाटो विस्तारका क्रममा विद्युतका पोलहरु स्थान्तरण गुर्नपर्ने भएपछि विद्युत अवरुद्ध हुने भएको हो ।
