सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् । कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि असोज २६६ गतेसम्मका लागि सेवा बन्द गरिएको सुचना जारी गर्दै प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको हो ।
