डा.केसी सग वार्ता गर्न सरकारद्वारा तिन सदस्यीय समिति गठन

काठमाडौं । चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित माग राखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा केसी सग वार्ता गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको हो ।

डा. केसी २४ दिन देखि अनसनरत छन । शिक्षामन्त्रीस्तरीय निर्णयबाट यो समिति गठन भएको हो ।

सो टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य रहेका छन् ।

प्रा डा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनमा रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए ।

बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गरेको थियो ।

कमेन्टहरु
Loading...