जाजरकोटकाे वडा अध्यक्ष सहित ५ जनाकाे सडक दुर्घटनामा ज्यान गयाे

जाजरकोट । जाजरकोट जुनिचाँदी गाउँपालिका-१ स्थित अउलखोला लोड्नीमा जीप पल्टिँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर दूरीमा पर्छ ।

कमेन्टहरु
Loading...