काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको सबै किसिमको परीक्षा सञ्चालन गर्न सरकारले अनुमति प्रदान गरेको छ ।
परीक्षाका लागि भने जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गर्नुपर्ने छ । परीक्षा सम्बद्ध विद्यालय, अन्य शिक्षण संस्था, आयोग लगायत सबै प्रकृतिका परीक्षा लिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको हो ।
बैठकले सबै तहबाट सञ्चालन भएका विभिन्न किसिमका तालि सञ्चालनका लागि पनि स्वीकृति प्रदान गरेको छ । बैठकको निर्णय अनुसार तालिममा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जनामात्रै सहभागी हुन् पाउने छन् ।