कोरोना नियन्त्रणमा महानगरकै लापरबाही

पोखरा । मंगलबार पोखरामा क्रियाशिल एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भयो । उनी आफैले फेसबुक मार्फत कोरोना संक्रमण भएको जानकारी दिए । र यो पनि लेखे ‘सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै पनि पत्रकारिताकै क्रममा थुप्रै ठाउँमा जानुपर्ने अवस्था थियो । कहाँबाट, कसरी संक्रमण देखियो, म आफैं अनविज्ञ छु ।’

गत शुक्रवार पोखरा महानगरपालिकाले मत्स्य विक्रि केन्द्रका रुपमा चिनिएको खपौदीमा स्थानीय कृषक सहभागीतामा संचालनमा ल्याएको फेवा किसान बजार उद्धघाटन कार्यक्रम आयोजना गरेको थियो । जहाँ करिब ६० भन्दा बढी उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी । उक्त कार्यक्रमको रिर्पोटिङ्गका लागी संक्रमित भएका पत्रकार खटिएका थिए ।

उनले अनुमान लगाउन नसकेको बताएपनि उक्त कार्यक्रमबाटै संक्रमण फैलिएको हुन सक्ने आँकलन छ । यदि त्यसो नभएपनि पत्रकारको संक्रमणबाट समुदायमा कोरोना चाँही पक्कै पुग्यो ।

शुक्रबार उक्त कार्यक्रममा सहभागी पत्रकारले शनिवार अचानक रुघा खोकी लाग्यो, ज्वरो थपियो आएपछि भोलीपल्ट पीसिआर परिक्षण गराएका थिए । उनमा संक्रमण देखिएपछि अन्य पत्रकारसमेत कन्ट्याक्ट ट्रेसिङ्गमा परेका छन् ।

नेपाल सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जना भन्दा बढि उपस्थित नहुने गरि कार्यक्रम गर्नु भनेपनि सरकारी संयन्त्रबाटै त्यस विपरित कार्यक्रम आयोजना हुनुले गैरजिम्मेवारीता प्रष्ट हुन्छ ।

कार्यक्रममा सहभागी गन्थन रिर्पोटरका अनुसार  किसान , जनप्रतिनिधि , पत्रकार लगायतको उपस्थितीमा कार्यक्रम गरिरहंदा कुनै भौतिक दुरी कायम थिएन बरु उल्टै मेयर जिसिले मास्क लगाउनु नपर्ने अभिव्यक्ति दिएका थिए ।

पत्रकार संक्रमणपछि रिर्पोटिङ्गमा खटिएका अन्य पत्रकार त्रसित बनेका छन् ।

सरकारी संयन्त्रबाटै नियम विपरित कार्यक्रम आयोजना गर्ने र गैरजिम्मेवार बन्दा कोरोना समुदाय स्तरमा फैलिसकेको आँकलन गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...