प्रदेश ५ को नाम लुम्बिनी कायम, राजधानी भालुवाङ रहने प्रस्ताव बहुमतले पारित

पोखरा । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव आज भएको मतदानबाट २ तिहाई बहुमतले पास भएको छ । प्रस्तावको पक्षमा ६९ तथा विपक्षमा १३ मत परेको छ । पक्षमा परेको ६९ मत प्रदेशसभाको २ तिहाई बहुमत हो ।

यस्तै प्रदेशको नाम लुम्बिनी कायम भएको छ । प्रदेश ५ का कानुनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम लुम्बिनी कायम गर्नुपर्ने प्रस्ताव संसदमा पेश गरेका थिए । प्रदेश ५ को नाम लुम्बिनी कायम गर्नका लागि भएको मतदानका क्रममा ८३ जना सांसद सहभागी भएका थिए । जसमा कायम गर्ने पक्षमा ७९ तथा विपक्षमा ४ मत मात्र परेको थियो । प्रदेशको नाम लुम्बिनी कायम गर्ने पक्षमा ७९ मत परेसंगै प्रदेश सभामुख पूर्णबहादुर घर्ती मगरले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

कमेन्टहरु
Loading...