पोखरा । १४ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७६ पुस २ गते राती आफ्नै भतिजी नाता पर्ने बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई हाडनाता करणी गर्ने २१ वर्षीय युवालाई प्रहरीले सर्लाहीवाट पक्राउ गरि कास्की ल्याएको छ ।
पिडितले छोरा जातको बच्चा जन्म दिएकी भन्ने जाहेरीको आधारमा जिल्ला सर्लाही बस्ने आरोपित ति युवालाई असोज १८ गते पक्राउ गरि ल्याइएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
आरोपित बिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले वताए ।