पोखरामा एक महिला मृत फेला

पोखरा । आज बिहान पोखरामा एक महिलाको शव भेटिएको छ । रामेछाप जिल्ला स्थायी घर भई पोखरा महानगरपालिका–९ ट्रेडमल पछाडी बस्दैँ आएकी ३५ वर्षीया कुमारी सुनार आफनै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

 

बिहान करिब ६ बजेको समयमा उनका श्रिमानले आफु बस्ने कोठामा श्रीमतिलाई मृत फेला परेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले खबर पाएलगत्तै मृतकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

 

मृतकको शरिरमा कुनै त्यस्तो चोटपटक नरहेको पनि हमालले गन्थनलाई बताए । ‘आत्महत्या वा हत्या भन्न सकिदैन विस्तृत जानकारी रिर्पोट आएपछि थाहा होला’ उनले भने ।

माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा मृतक महिला विगत ७÷८ महिना अगाडी देखि बस्दैँ आएकी थिईन् ।

कमेन्टहरु
Loading...