पोखरा/विगत १४ बर्षदेखि समान कामको समान ज्याला माग गर्दै आन्दोलनमा रहेका २२० जना आंशिक प्राध्यापकहरु सोमबार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म क्याम्पसको गेटमा धर्ना बसेका छन् । आन्दोलनकारी आंशिक प्राध्यापकहरुले क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरुलाई क्याम्पस प्रबेशमा रोक लगाएका छन् ।
क्याम्पसले आफ्ना माग पुरा नगर्दासम्म धर्ना कार्यक्रम नियमित हुने प्राध्यापकहरुले बताएका छन् । आन्दोलनकारी प्राध्यापकहरुले आंशिक प्राध्यापकहरुको माग पुरा गरेर मात्र क्याम्पस प्रवेश गर्नका लागि क्याम्पसप्रमुख र सहायक क्याम्पस प्रमुखहरुलाई अनुरोध गरेको ब्यानर राखेर धर्ना कार्यक्रम जारी राखेका छन् ।
समान कामको समान ज्याला कायम गर लगायतका मागहरु राखि आंशिक प्राध्यापकहरु निरन्तर आन्दोलनमा छन् ।