धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत १ संक्रमितको आज बिहान मृत्यु भएको छ । धरान १५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई कोरोना अस्पतालमा यही असोज १६ गते भर्ना गरिएको थियो । उनको सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको डा श्रेष्ठले जानकारी दिएका छन् । यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ । रासस
