फेवासिटी अस्पतालमा उपचाररत १ पुरुष सहित पोखरामा थप २६ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पोखरामा थप २६ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएको हो । वडा नम्बर नखुलेका १ जना ४९ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै आज पोखरा महानगरपालिका वडा नम्बर ३ का १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २२ वर्षीय २ जना, २३ र २४, २५ वर्षीय २ जना, २६, २७, ३० र ३८ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ७ का २६ र २९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा १० का २८ र ६४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । ६४ वर्षीय पुरुष भारतबाट आएका हुन् ।

वडा नम्बर ११ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २८ र ३० वर्षीय पुरुष रहेका छन् । वडा नम्बर १२ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । ३६ वर्षीय उनी पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा चिकित्सकका रुपमा कार्यरत रहेका छन् ।

वडा नम्बर १३ की ३६ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी भारतबाट आएकी हुन् । पोखरा १४ का १ महिला सहित २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ५२ वर्षीय महिला तथा २२ र ५१ वर्षीय पुरुष रहेका छन् । २२ वर्षीय पुरुष दुबईबाट आएका हुन् । त्यस्तै ५१ वर्षीय पुरुषको पोखराको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पोखरा १७ का २० वर्षीय पुरुष तथा पोखरा १९ का ५५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । वडा नम्बर १९ का ५५ वर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा २२ का २९ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३० की ५१ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालयले जानकारी दिएको छ ।

यता नवलपरासी (ब.सु.पू) का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी मध्यविन्दु नगरपालिकाका २० वर्षीय पुरुष हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय २ पुगेको छ ।

कमेन्टहरु
Loading...