सुनको मूल्यमा सामान्य वृद्धि

पोखरा । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने २ सय ले बढेर ९४ हजार ५ सय मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनमा पनि प्रतितोला २ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८ सय मा कारोबार भएकामा आज ९४ हजारमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार १ सय ७५ रहेको चाँदी आज भने १ हजार १ सय ८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ । रासस

कमेन्टहरु
Loading...