गण्डकी प्रदेशमा कोरोनाका कारण १ को मृत्यृ , थप ४३ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका तनहुँ , लमजुङ, नवलपरासी , गोरखा , स्याङ्जा र बागलुङ गरि ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ५ जना र लमजुङका ५ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको सुन्दरबजारमा १ महिला र १ पुरुष, राईनस वडा नम्बर ९ का १ पुरुष र दोर्दी वडा नम्बर १ कि १ महिलामा गरि ५ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित कन्टयाक्ट टे«सिङ मार्फत पहिचान भएको हो ।

 

यता तनहुँ शुक्लागण्डकीमा ९ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराका परिक्षणमा ३ महिला र २ पुरुष गरि ५ जनामा संक्रमण पुष्टि भएको छ भने चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा वयास नगरपालिकामा २ जना र देवघाटमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्लागण्डकीका सबैजना जीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।

 

 

त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासीमा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिकामा ५ जना , गैँडाकोटमा १४ जना , विनयत्रिवेणीमा २ जना र कावासोतिमा ५ जना गरि थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यता स्याङ्जामा कालिगण्डकी वडा नम्बर ५ का २८ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा पालुङटार नगरपालिका वड नम्बर ९ कि १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । बागलुङ काठेखोला वड नम्बर २ का ६५ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

 

यता प्रदेशमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यृ भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचरत विनय त्रिवेणी गाँउपालिक, दुम्किबासका ३६ वर्षिय पुरुषको हिजो शनिबार दिँउसो मृत्यृ भएको छ । अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए ।

 

योसँगै प्रदेशमा मृत्यृ हुनेको संख्या ३४ पुगेको छ भने संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।

 

कमेन्टहरु
Loading...