गगन थापाको ट्विट, ‘स्वास्थ्य सामान्य छ,आइसोलेशनमा छु’

काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले ट्विट गर्दै आफ्ना स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।’, नेता थापाले ट्विटमा भनेका छन् ।

शनिवार नेता थापा सहित कांग्रेसका केन्द्रिय नेताहरुमा कोरोना पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...