स्याङजा । अनौपाचिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयद्धारा मानवअधिकार निगरानी समुह ,न्यायिक समितिका सदस्य र जनप्रतिनिधीहरुकालागि क्षमता अभिवृद्धी कार्यशाला फेदिखोला गाउँपालिकामा सम्पन्न भएको छ ।
असोज १६ र १७ गते संचालन भएको कार्यशालामा कार्यक्रमका प्रमुख अतिथिको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षा,स्वास्थ्य र खाद्य अधिकार अधिकारको प्रत्याभुतीका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
‘नागरिकका स्वस्थ्यको अधिकारलाई सुनिश्चितता का लागि जनताले निशल्क रुपमा पाउनु पर्ने औषधीहरु, वालवालिकाहरुका लागि खोपको उपलब्धतालाई जोड दिएकाछौं भने गर्भवती महिलाहरुका लागि मोवाइल सेवा उपलब्ध गराएका छौं ।’,अध्यक्ष सुवेदीले भन्नुभयो ।
उहाँले सुशासनलाई स्थापित गर्न लागिपरिहेको बताउनुभयो ।
गाउँपालिकाले वजार अनुगमन गरि अखाद्य वस्तु विक्रि वितरण भएको छ कि छैन भनि नियमित अनुगमन गरिरहेको उहाँको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष देवी थापाले मानवअधिकारका आयामहरु प्रिवर्तन भएकाले निति तथा कार्यक्रमहरु मानवअधिकारका विषयलाई समेट्ने गरि बनाउनुपर्ने धारणा राख्नुभयो ।
‘हिजोका दिनमा भौतिक विकासलाई मात्र विकास मान्ने सोचाई थियो अव अहिले भौतिक विकास मात्रै नभएर मानविय विकासलाई पनि उत्तिकै जोड दिनुपर्ने आवस्यकता छ’,थापाले भन्नुभयो ।
उहाँले इन्सेकद्धारा संचालित यस कार्यक्रमले नागरिकहरुमा अधिकारको लागि सचेतना अभिबृद्धी भएको बताउनुभयो ।
राष्टिय मानवअधिकार आयोग गण्डकी प्रदेशका उपनिर्देशक नितु गर्तौलाले निति तथा कार्यक्रम तर्जुमा गर्दा भौतिक विकासलाई मात्रै नभएर मानविय विकासलाई पनि उत्तिकै सम्वोधन गर्नुपर्ने विचार राख्नु भयो ।
उहाँले मानवअधिकारको प्रत्यभुती दिलाउन स्थानिय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारलागि गाउँपालिकाले वनाएको निती तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको भनाइ राख्नुभयो ।
कोभिडका कारण नागरिकका स्वास्थ्य,शिक्षा र खाद्य अधिकारको क्षेत्रमा ठुलो असर पु¥याएकाले अव विस्तारै ति अधिकारको सुनिश्चिताका लागि दिर्घकालिन योजनाका साथ गाउपालिका लाग्नु पर्ने धारणा उहाँले राख्नुभयो ।
दुई दिन सम्म संचालन गरिने कार्यशालामा मानवअििधकारको अवधारण , आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकार,शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा गाउँपालिकाको निति योजना र कार्यान्वयनको अवस्था ,स्थानिय तहको काम कर्तव्य र अधिकार , संविधान मौलिक हक र न्यायिक समितिको काम कर्तव्य र अधिकार , मानवअधिकार विकास पद्धती, मनोसामजिक समस्या र समाधान विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा राष्ट्रिय मानवअधिकार आयोगका उपनिर्देशक नितु गर्तौला,गाउँपालिका प्रशासकिय अधिकृत नन्दलाल शर्मा , गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, अधिवक्ता गिरधारी सुवेदी , इन्सेकसंयोजक शिव प्रसाद खकुरेल, कोपिला नेपालका प्रेम भट्टराई र इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्ष , न्यायिक समिति सदस्यहरु,वालअधिकार चेतना समुहका पदाधिकारी , वडासदस्यहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।