पोखरामा थप ५ जनालाई संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा थप ५ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा ४ का ३५ वर्षीय पुरुष तथा २९ वर्षीय महिला, वडा नम्बर १० का ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा १७ का १७ वर्षीय पुरुषलाई संक्रमण पु्ष्टि भएको छ । पोखराका ठेगाना नखुलेका २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमार्फत् पहिचान भएका हुन् ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १५ पुगेको ।

कमेन्टहरु
Loading...