पोखरा । शुक्रबार पोखराको ९ पृथ्वीचोकमा रहेको चाइनापुलबाट खसेर मृत्यु भएको युवकको अझै पहिचान खुलेको छैन । यसैबीच मृतक युवकको तस्बिर सार्वजनिक गर्दै कोही आफन्त वा चिनजानको व्यक्ति भएमा सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।
मृतक युवकलाई शुक्रबार बिहान करिब ९ बजेको समयमा स्थानीयले सेती नदीको खोंचमा घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई घाइते अवस्थामा उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेको थियो । उपचार कै क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त वा चिनजानका कोही भए सम्पर्कमा आउन आग्रह गरेको हो ।