पोखरा । पोखराका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखराका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुष तथा पोखरा ५ का २९/२९ वर्षीय १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ६ र ७ का ५९ र ४९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वडा नम्बर १४ का २९ वर्षीय महिला तथा वडा नम्बर ३२ का ४७ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जानकारी दिएको छ । संक्रमित सबैले सोही अस्पतालको फिभर क्लिनिकमा नमुना परीक्षण गराएका थिए ।
यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो । नगरपालिका अन्तरगत वडा नम्बर ५ का ३० तथा वडा नम्बर १४ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस्तै सोही केन्द्रमा गरिएको परीक्षणका क्रममा लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको सुन्दरबजार नगरपालिकाका २५ र ४९ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ९ सय ८६ पुगेको छ ।