पोखरा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी श्रीमती मलेनियालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले स्थानीय समय अनुसार बिहीबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू र आफ्नी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका हुन् । कोरोना भाइरस संक्रमण भए लगत्तै उनीहरु अहिले क्यारेन्टिनमा बसेका छन् । चीनबाट कोरोना भाइरस सुरु भएको भन्दै उनले यसलाई चिनियाँ भाइरस बताउँदै मास्क लगाउन अस्वीकार गरेका थिए । तर केहीस् समय यता भने उनले मास्क लगाएका थिए ।
