आयल निगमका कर्मचारी सहित पोखरामा थप १६ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की जिल्लामा १६ जना र स्याङ्जामा ३ जनामा गरि प्रदेशमा १९ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीमा थपिएका सबै संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् । संक्रमित पोखरा महानगर वडा नम्बर २९ का २ पुरुष , वडा नम्बर ३० का १ पुरुष , वडा नम्बर ३१ मा ७ महिला र ३ पुरुष , वडा नम्बर ३ का १ पुरुष र १७ नम्बर वडा का १ पुरुषमा गरि थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्याङ्जा जिल्ला भिरकोट नगरपालिकामा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४० पुगेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर  ३० का ४१ वर्षीय पुरुष आयल निगममा कार्यरत कर्मचारी हुन् । त्यस्तै महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वडा नम्बर ३० का २२ वर्षीय पुरुष, वडा नम्बर ३ का ४८ बर्षीय पुरुष, वडा नम्बर १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन् ।

कमेन्टहरु
Loading...