बागलुङमा ६ सहित प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपरासी र बागलुङ गरि दुई जिल्लामा संक्रमित थपिएका हुन् ।
निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार नवलपरासीमा ५ जना र बागलुङमा ६ गरि ११ संक्रमित रहेका छन् ।  नवलपरासीमा देवचुली १ र कावासेतीमा ४ गरी ५ संक्रमित थपिएका छन् । यस्तै यता बागलुङको निसिखोलामा ३ जना र गलकोटमा ३ गरि ६ संक्रमित थपिएका छन् ।

योसँगै स्वास्थ्य निर्देशनालयको  अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।

बागलुङ जिल्ला, निसिखोलाका तिनैजना संक्रमित भारतबाट आएका थिए । यस्तै गल्कोट ४ का २७ वर्षीय पुरुष रौतहट जिल्लाबाट आएका थिए ।  त्यस्तै नवलपरासी जिल्ला देबचुली २ का ४३ वर्षीय पुरुष सोहि वडा कार्यालयमा कार्यरत कर्मचारी हुन् । अन्य संक्रमित कन्टयाक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो । संक्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

कमेन्टहरु
Loading...