चितवन- चितवनमा एकैदिन आज ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ५२ जना र ९ जना विभिन्न जिल्लाका छन् ।
यसैगरि तनहुँका २, नवलपुर गैंडाकोटका २ जना, कैलालीका २ जना र लमजुङ, बारा, मकवानपुरका एक-एक जनामा संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका १ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।