कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी (ब.सु.पू) मा २८ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लामा २८ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित गैंडाकोट १ का ३ जना पुरुष, २ का ८ महिला सहित ६ जना पुरुष रहेका छन् ।

त्यस्तै वडा नम्बर ४ का १ महिला र २ जना पुरुष, ८ का १ महिला सहित ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । गैंडाकोट कै वडा नम्बर १३ र १४ का १/१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यता गोरखाका १ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको आरुघाट ९ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

कमेन्टहरु
Loading...