लमजुङ । लमजुङ प्रहरीले नातामा भाउजु पर्ने महिलाको हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार घटनाको २३ दिनपछि क्होलासोंथर गाउँपालिका ९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या गरेको आरोपमा उनका देवर नाता पर्ने गिलुङका ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरिएको हो ।
बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजु बुद्धिमायालाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए ।
प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको इन्सपेक्टर ओमप्रकाश पुनले जानकारी दिए ।