बबई बहुमुखी क्याम्पस प्रमुख अग्रवालको कोरोना संक्रमणबाट निधन

बर्दिया-गुलरियास्थित बबई बहुमुखी क्याम्पस प्रमुख विनोद अग्रवालको ५२ बर्षको उमेरमा कोरोना संक्रमणको कारण निधन भएको छ।
श्वासप्रश्वासमा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा उनकाे बाटैमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएकाे छ। फोक्सोको क्यान्सरबाट पीडित अग्रवाल दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका थिए ।

उनलाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । होम आइसोलेसनमा बसेका अग्रवाललाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि शनिबार अस्पताल लगिएकाे थियाे ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले क्याम्पस प्रमुख अग्रवालकाे कोरोनाका कारण निधन भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...