गन्थन डेस्क
पोखरामा लामोसमय देखि निर्माण सम्बन्धि व्यवसाय गर्दै आएका पुर्णबहादुर रावत भदौ ३० गतेदेखि सम्पर्कविहिन छन् ।
रातको साढे ९ बजे अपरिचित दुई व्यक्तिसँगै घरबाट निस्केका रावत हालसम्म सम्पर्कमा आएका छैन्न् । उनी सम्र्पकविहिन भए लगत्तै परिवारले खोजविनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा सुचना दिएका थिए । तर आज ९ दिन बितिसक्दापनि रावत फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले खोजतलास जारी रहेको बताएका छन् । हमालले भने, ‘खोजी जारी छ, भिन्न कोणबाट अनुसन्धान पनि गरिरहेका छौं ।’ उनका अनुसार पुर्णबारे हालसम्म केही पनि नयाँ सूचना प्रहरीले पाउन सकेको छैन ।
बेपत्ता रहेका पुर्णकी पत्नीले प्रहरीकहाँ दिनैपिच्छे जानकारी लिइरहेको बताइन् । केहि दिनसम्म परिवारकोतर्फबाटसमेत खोजी गरिएपनि हाल निर्माण सेवा समितिमार्फत खोजी भइरहेको जनाइन् ।
यसअघि पनि अबेर घरबाट निस्कने रावत त्यस दिन अपरिचित व्यक्तिसँग निस्केको परिवारले बताएका छन् । ‘२ जना आएका थिए, उनीहरूसँग जानु भएको हो । तर को हुन्, हामीले चिनेनौ’, रावतको छोरीले भनिन् ।
परिवारले दिएको जानकारी अनुसार उनी परिवारसँगै पोखरा पस्र्याङ ५ मा बस्दै आएका छन् । उनको श्रीमति, एक छोरा र छोरी छन् ।