गण्डकी प्रदेशमा अव १० मन्त्रालय बन्छ – मुख्यमन्त्री गुरुङ

पोखरा/पछिल्लो समय गण्डकी प्रदेश सरकारले केहि मन्त्रालय थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने योजना बनाएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । गुरुङका अनुसार केहि मन्त्रालय फोडेर प्रदेश सरकारले १० मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।


मन्त्रालयको जिम्मेबारी हेरफेर हुने संकेत गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘जुन हिसावले अपेक्षा अनुरुप मैले मन्त्रिमण्डल गठन गरेको थिए । त्यो अनुरुप काम हुन सकेको छैन तर काम भने भईरहेको छ । तर पनि केहि मन्त्रीहरुको जिम्मेबारी हेरफेर गर्ने सोचमा छौँ । भने केहि मन्त्रालयको जिम्मेबारी फरकफरक भएपनि गाभिएर कामचलाउ मात्र बनाएका थियौँ । त्यसलाई पनि गतिशिल बनाउन केहि मन्त्रालय थप्ने सोँचमा रहेका छौँ ।’
मन्त्रीमण्डल विस्तार र हेरफेरको विषयमा छलफल चलेको कुरा सत्य भएको मुख्यमन्त्री गुरुङले स्विकार गरेका छन् । मुख्यमन्त्री गुरुङका अनुसार विकास प्राधिकरण प्रदेशको विकास र संमृद्धिको लागि गठन हुन लागेको हो । तर प्रतिपक्षीले कुरा नै नबुझीकन शक्ति आँफुमा केन्द्रित गर्न लागेको लगाए । मुख्यमन्त्री भन्छन् –‘मुख्यमन्त्री आँफैमा शक्तिमान पद हो मलाई किन थप शक्ति केन्द्रिकरण गरिरहन पर्यो ?

कमेन्टहरु
Loading...