‘कोभिड १९’ बाट विश्वमा संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ४३ हजार ३ सय ३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड २८ लाख ३५ हजार ६ सय ३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमणत र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ४७ हजार ६८ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ४ हजार १ सय १८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ ।

दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो । मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ८७ हजार ५ सय ८० पुगेको छ ।

ब्राजिलमा १ लाख ३६ हजार ८ सय ९५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७ हजार ९ सय ९ जनाको मृत्यु भएको छ । रुस ११ लाख ३३ हजार ३९ संक्रमितसहित चौथो स्थानमा छ भने पाचौं स्थानमा रहेको पेरुमा ७ लाख ६८ हजार ८ सय ९५ व्यक्ति संक्रमित छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमणत देखिएको छ । रासस

कमेन्टहरु
Loading...