एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमणबाट ९ लाख ३२ हजार ७ सय ४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ९४ लाख ४५ हजार ६ सय ८८ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड १२ लाख ७९ हजार ८ सय ३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख ३३ हजार १ सय ११ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ७ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० वटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६७ लाख ४९ हजार २ सय ८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार ८ सय २६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४९ लाख ३० हजार २ सय ३६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३८ लाख ५९ हजार ३ सय ९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ४९ हजार ५ सय ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ लाख १३ हजार १ सय ८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार १ सय १७ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६८ हजार ३ सय २० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ७८ हजार ७ सय कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख ३३ हजार ८ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ७३ हजार ३ सय ६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख २१ हजार ८ सय ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ६ लाख ६ हजार ९ सय २५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ७१ हजार ७ सय १६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ७५ हजार ७ सय ९५ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ५० हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख ९३ हजार ७३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ८ सय ४८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ५ लाख ६५ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख २८ हजार ९ सय ५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ । रासस