पोखराको मणिपालमा कोरोना संक्रमितको मृत्यु, गुपचुप शव व्यवस्थापनको तयारी

सांकेतिक तस्बिर

गन्थन डेस्क

पोखराको मणिपाल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

क्यान्सरका बिरामीसमेत रहेका उनको उपचारकै क्रममा आइसोलेशनमा मृत्यु भएको हो । उनको गएराति १२ मृत्यु भएको जनाइएको छ ।

७० वर्षीय मृतक पोखरा महानगरपालिका नयाँबजारका हुन् । स्वाब परीक्षणपश्चात पोजिटिभ नतिजा आएपछि उनको आइशोलेसनमा उपचार भइरहेको थियो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले बिहान साढे ११ बजे जारी गरेको विज्ञप्तीमा यसबारे केहीपनि खुलाइएको छैन । हाल उपचारमा खटिएका चिकित्सकहरु क्वारेन्टीनमा रहेका छन् ।

यस विषयमा सम्बन्धित निकायहरुले सूचना दिएका छैनन् । मिडियालाई थाहा नदिई शव व्यवस्थापनको तयारी भइरहेको छ । जानकारीमा आए अनुसार अहिले नेपाली सेनाको टोली शव लिएर निस्केको छ ।

कमेन्टहरु
Loading...