एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमणबाट ९ लाख २८ हजार ३ सय ४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ९१ लाख ८९ हजार ६ सय ५५ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई २ करोड १० लाख ३१ हजार ७ सय ६८ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७२ लाख २९ हजार ७ सय ४७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितमध्ये ६० हजार ५ सय ११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित १० वटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६७ लाख ८ हजार ४ सय ५८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९ सय ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५ सय २० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४८ लाख ४६ हजार ४ सय २७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १ सय ७ कोरोना भाइरसमुक्त भएका छन् भने ७९ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ३० हजार ४ सय ५५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९ सय ५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६२ हजार ८ सय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ७६ हजार २ सय ५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख २९ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७ सय ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७ सय १० जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख १६ हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३ सय ८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ६८ हजार ३ सय ८१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६ सय २३ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार ८ सय २१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७ सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९ सय ६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ ।
स्पेनमा ७ लाख ७६ हजार ६ सय ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ५ लाख ५५ हजार ५ सय ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५ सय १३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । रासस