फेसबुकमा कोरोनाबारे झुट्टा अफवाह फैलाउने पोखराका २ जना पक्राउ

पोखरा । कोरोनाबारे झुट्टा अफवाह फैलाउने २ जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो पिसिआर टेस्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट गराएकोमा कोरोना परिक्षण रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएउने पर्वत घर भइ पोखरा-५ बस्ने २९ वर्षका इश्वर रिमाल र चितवन घर भइ पोखरा नयाँबजार बस्ने २२ वर्षका निरज लम्साललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका दुवैजना मोवाइल पसल संचालक हुन् । रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको हो ।

उनीहरु बिरुद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन ७ दिन म्याद थप गरि अनुसन्धान भैरहेको डिएसपी हमालले बताए ।

कमेन्टहरु
Loading...